दलको नेता छानेपछि मात्रै सरकार गठनको पहल गर्नुपर्ने माओवादीको मत

लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले सांसदहरूले शपथ लिएपछि मात्रै सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने मत राखेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकले सरकारको नेतृत्वसहित पावर सेयरिङको विषयमा छलफल गर्ने निर्णय गरेको हो।

उपमहासचिव जनार्दन शर्माले शपथ ग्रहण गरेर सबै प्रक्रियालाई अगाडि बढाउनुपर्छ भन्ने बारेमा छलफल भएको जानकारी दिए। ‘अहिले गठबन्धन दलबीचमा भएको छलफलको प्रक्रिया भर्खर प्रारम्भ भएको हुँदा आ-आफ्नो दलका नेताहरू चयन भइसकेपछि गठबन्धन दलको बैठक बसेर कसरी सरकारमा सहभागिता हुने, संसदको नेतृत्व कसरी चयन गर्ने र समग्र देशको नेतृत्व कसरी तय गर्ने भन्ने विषयमा गठबन्धन दलमा छलफल हुन्छ,’ उनले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्ने र पहिलो चरणको प्रधानमन्त्री आफू बन्नुपर्ने पक्षमा पहल गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्