कैलालीमा सुन व्यवसायीमाथि गोली प्रहार

लोकपाटी न्यूज
4 Shares

काठमाडौं। कैलालीमा एक जना सुन व्यवसायीमाथि गोली प्रहार भएको छ। न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालकमाथि आज साँझ गोली प्रहार भएको प्रहरीले जनाएको छ।

घोडाघोडी नगरपालिका १ का २८ वर्षीय विकास सुनारमाथि गोली प्रहार हुँदा उनी घाइते भएका छन्। उनको पदमा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर भई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

‘बाइकमा दुई जना आएका थिए, गोली चलाएर भागेका छन्,’ डिएसपी जोशीले भने, ‘गोली चलाउने अज्ञात व्यक्तिहरू भने फरार छन्। उनीहरूको खोजी कार्य भइरहेको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्