दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

messi
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना ३६ वर्षपछि फिफा विश्वकपको च्याम्पियन बनेको छ। आइतबार राति भएको फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४/२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो।

अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी बनेका छन्। मेसीकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचाल्न सफल भएको थियो।

मेसीले विश्वकपमा गोल्डेन बल अवार्ड जितेको यो दोस्रो पटक हो। उनले यसअघि २०१४ को विश्वकपमा पनि गोल्डेन बल अवार्ड जित्न सफल भएका थिए। त्यतिबेला अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।विश्वकपमा दुई पटक गोल्डेन बल अवार्ड जित्ने मेसी पहिलो खेलाडी हुन्।

फ्रान्सका फरवार्ड काइलियन एमबाप्पेले फिफा विश्वकप २०२२ को गोल्डेन बुट जितेका छन्।आइतबार भएको फाइनलमा हारका बाबजुद अर्जेन्टिना विरुद्ध ह्याट्रिक गरेपछि एमबाप्पेले प्रतियोगिताको गोल्डेन बुट जितेका हुन्। एमबाप्पेले कतारमा सम्पन्न विश्वकपभर ८ गोल गरेका हुन्। उनले विश्वकपको कुल ७ खेलमा ८ गोल गरेका हुन्। अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को उत्कृष्ट गोलकिपर चुनिएका छन्।

फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दा एक पेनाल्टी बचाएका मार्टिनेजले विश्वकपको गोल्डेन ग्लोभ्स पाएका हुन्। अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेजले कतारमा सम्पन्न फिफा विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्