काठमाडौं। फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट जितेका छन्। उनले विश्वकपभर कुल ८ गोल गर्दै गोल्डेन बुट जित्न सफल भएका हुन्। उनले २ असिस्ट पनि दिए। अर्जेन्टिनासँग फाइनलमा टाइब्रेकरमा ४–२ ले पराजित भए पनि एमबाप्पेले अतिरिक्त समयमा ह्याट्रिक पूरा गर्दै यस विश्वकपमा ८ गोल गर्न सफल भए।
२३ वर्षीय एमबाप्पेले समूह चरणमा अस्ट्रेलियाविरुद्ध १, डेनमार्कविरुद्ध २, पोल्यान्डविरुद्ध २ गोल गर्दा ट्युनिसियाविरुद्ध गोल गर्न सकेनन्। क्वार्टरफाइनलमा इंग्ल्यान्ड र सेमिफाइनलमा मोरक्कोविरुद्ध गोल गर्न नसकेका एमबाप्पेले फाइनलमा अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा ह्याट्रिक पूरा गर्दै ८ गोल पूरा गरे।
उनलाई पछ्याइरहेका अर्जेन्टिनाका मेस्सीले २ गोल गर्दै विश्वकपभर कुल ७ गोल गर्न सफल भए। उनले गोल्डेन बल जिते। अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट गोलरक्षक घोषित हुँदै गोल्डेन ग्लोभ्स जित्न सफल भए। अर्जेन्टिनाकै एन्जो फर्नान्डेस विश्वकपको उत्कृष्ट युवा खेलाडी चुनिए।