नेपाली कांग्रेसको निर्वाचन समितिको बैठक जारी

Nepali Congress
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली कांग्रेसको निर्वाचन समितिको बैठक जारी छ। कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समितिको बैठक बसेको हो।

सोही बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचनको मिति तोक्ने भएको छ। कांग्रेस कार्य सम्पादन समितिको आइतबार बसेको बैठले सहमहामन्त्री भीष्मराज आङदम्बेको नेतृत्वमा ३ सदस्यीय समिति बनाएको थियो।

मंगलबार वा ढिलोमा बुधबारसम्ममा संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने तयारीमा कांग्रेस छ। कांग्रेसमा संसदीय दलको नेता बन्न आधा दर्जनभन्दा बढी नेताहरुले आकांक्षा देखाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्