
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक आज (सोमबार) बस्ने भएको छ। बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको हो।
संसदीय दलको नेता, उपनेता र प्रमुख सचेतकको चयन लगायतका विषयमा बैठकमा छलफल हुने एकीकृत समाजवादीले जनाएको छ। एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना रहेको छ।