एकीकृत समाजवादीको संसदीय दलको नेतामा नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ। एकीकृत समाजवादीको सोमबार बसेको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा पार्टीका सांसद राजेन्द्र पाण्डेले प्रस्ताव गरेका थिए। त्यस्तै बैठकले दलको उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वालालाई चयन गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए।

भुसालले अहिलेकै गठबन्धन दलहरूसँग सरकारका विषयमा आवश्यक छलफल अघि बढाउने सचिवालयको निर्णयलाई संसदीय दलले समर्थन गरेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्