वामपन्थीको सरकार बन्ने सम्भावना छैन : अध्यक्ष नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम-लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन्।

पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदलाई पार्टीद्वारा यहाँ आज आयोजित स्वागत कार्यक्रममा अध्यक्ष नेपालले वामपन्थीको सहकार्य भएर सरकार बन्ने सम्भावना तत्काल नरहेको बताए। उनले गठबन्धनमा आबद्ध दलका नेता चयन भएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए।

कुनै पनि दलको बहुमत नरहेको अहिलेको अवस्थामा शक्ति सन्तुलनका आधारमा गठबन्धन अगाडि बढाउन आफूले नेपाली काँग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्षलाई सुझाएको उनको भनाइ थियो। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देश, जनता र समाजको रूपान्तरण गर्ने संकल्पसहित नवनिर्वाचित जनप्रतिनिधिलाई भूमिका निर्वाह गर्न उनले निर्देशन दिए।

नीति र कार्यक्रमका आधारमा सरकार बनाउनुपर्ने भन्दै उनले पार्टीका तर्फबाट निर्वाचित कुनै पनि तहका जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न भएमा कारबाही गरिने प्रष्ट पारे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्