बलिउड अभिनेता विवेक ओवरायद्वारा अन्नपूर्ण केबुलकारको भ्रमण

लोकपाटी न्यूज
7 Shares

पोखरा। बलिउड अभिनेता विवेक ओवरायले अन्नपूर्ण केबलकारको भ्रमण गरेका छन्। गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओवरायले आइतबार परिवार सहित केबलकारको भ्रमण गरेका हुन्।

परिवारसहित पोखरामा रहेको अन्नपूर्ण केबलकारबाट सेदि देखि सारांकोटसम्म यात्रा गरेका हुन्। केबुलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दृष्यहरुबाट अत्यन्त आनन्दको अनुभव भएको सुनाए। अभिनेता ओवरायलाई अन्नपूर्ण केबुलकारका बजार प्रबन्धक अरुण कोइरालाले केबुलकारमा स्वागत गरेका थिए।

करिब एक वर्ष अधि पोखराको सेदि देखि सारांकोटसम्म सञ्चालनमा आएको अन्नपूर्ण केबलकार पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको लागि आकर्षक गन्तव्य बनेको छ। केबुलकार बिहान ५ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालनमा रहने हुँदा सारांकोटबाट सूर्योदय हेर्न जाने पर्यटकहरूका लागि समेत थप सहज भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्