विश्वकप जितेको खुसीयाली मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

messi
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। अर्जेन्टिनामा आज मंगलबार सार्वजनिक बिदा घोषणा गरेको छ। ३६ वर्षपछि राष्ट्रिय टिमले विश्वकपकोसार्वजनिक बिदाको घोषणा गरिएको हो।

ब्युनस आयर्स र देशका विभिन्न ठाँउमा जम्मा भएर खुसीयाली मनाउन पनि सरकारले आग्रह गरेको छ। अर्जेन्टिनाले आइतबार भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो।

अर्जेन्टिनाले विश्वकप फुटबलको रोमाञ्चक फाइनलमा निर्धारित र अतिरिक्त समय ३-३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ४-२ ले जितेको थियो। अर्जेन्टिनाले तेस्रो पटक विश्वकप ट्रफी हात पारेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्