
काठमाडौं। अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री तथा अस्ट्रेलियन लेबर पार्टीका नेता केभिन रुड अमेरिकाको राजदूतमा नियुक्त भएका छन्। केभिन रुड अष्ट्रेलियाका २६ औं प्रधानमन्त्री हुन्। उनी २००७ देखि २०१० सम्म अष्ट्रेलियाको प्रधानमन्त्री रहेका थिए।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पूर्वप्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको बताएका छन्। लेबर पार्टीका नेता केभिन रुड सन् २०१३ मा राजनीतिबाट निष्क्रिय भएका थिए।