
काठमाडौं। १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। सूर्यविनायक नगरपालिका-४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका-६ का २९ वर्षीय महमद आरिफ शेख पक्राउ परेका हुन्।
उनले ती किशोरीलाई सूर्यविनायक नगरपालिका-४ मोर्डन चोकमा लगेर आइतबार राति बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी खटिएको थियो।
प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। यस घटनाको थप अनुसन्धान गरिरहेको छ।