प्रतिनिधिसभाका सांसदलाई पशुपति शम्शेरले शपथ गराउने

Pashupati Shamsher Rana01
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शम्शेर जबराले शपथ खुवाउने भएका छन्। जेष्ठ सांसद सदस्यले शपथ खुवाउने संवैधानिक प्रावधान अनुसार जबराले शपथ ग्रहण गराउने संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

डा. पाण्डेका अनुसार प्रतिनिधिसभामा निर्वाचिन २७५ सांसदलाई शपथ खुवाउन जेष्ठ सांसद सदस्यका लागि तीन जनाको जन्म मिति भिडाइएको थियो।

‘निर्वाचित सांसदहरुको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा जेठो सांसद पशुपति शमशेर राणा देखिएका छन्। त्यसैले उनलाई ज्येष्ठ सांसदका रुपमा राष्ट्रपति समक्ष सपथका लागि सिफारिस गरिएको छ’, प्रवक्ता डा. पाण्डेले भने, ‘उनले भोलि ६ गते राष्ट्रपतिबाट सपथ लिएपछि अन्य सांसदलाई सपथ गराउनुहुन्छ।’