पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक

aale-aama
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेलाई मातृशोक परेको छ। आलेकी ८० वर्षीया आमा गंगादेवी आलेको उपचारका क्रममा मंगलबार काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बताए।

मंसिर १० गते मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि धनगढी हुँदै काठमाडौं ल्याइएको थियो। गंगादेवीका २ छोरा र २ छोरी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्