पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा गगन थापालाई प्रस्ताव गरें : शेखर कोइराला

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई आफूले प्रस्ताव गर्ने बताएका छन्। होटेल बसेरामा बसेको आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्।

मंगलबार बिहान होटल एम्बास्डरमा बसेको थापा र कोइराला पक्षको बैठकमा कोइरालाले गगनलाई संसदीय दलको नेताको रुपमा प्रस्ताव गर्ने सहमति भएको थियो। छलफल लगत्तै कोइराला र थापा पक्षका सांसदहरुको बैठक अहिले होटेल बसेरामा जारी छ।

कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्