स्वदेश फर्किए माओवादी नेता वर्षमान पुन

Barsaman_pun
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन्। स्वास्थ्यमा सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन्।

उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै दिउँसो १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उनलाई स्वागत गर्न माओवादी युवा नेताहरू शालिकराम जमरकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, डिपी ढकाल, दुर्गा चापागाईं, अमनलाल मोदी, रञ्जित तामाङलगायत विमानस्थल पुगेका थिए।

वंशाणुगत जन्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए। उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्