संसदीय दलको नेतामा थापालाई प्रदीप पौडेलको साथ

लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टी संसदीय दलको नेतामा गगन थापालाई समर्थन गर्ने भएका छन्। मंगलबार बसेरा होटल पुगेर पौडेल संसदीय दलको नेताको उम्मेदवार बनेका महामन्त्री थापाको समर्थक बसेका हुन्।

गएको महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्री उठेका पौडेलले काठमाडौं- ५ बाट संसदीय निर्वाचन जितेका थिए। काँग्रेस महाधिवेशनका बेला एउटै समूहबाट सभापति उठेका शेखर कोइरालाले पनि गगन थापालाई संसदीय दलको नेता बनाउन सहमत भएका छन्। उनी थापाको प्रस्तावक बन्ने तय भइसकेको छ।

लैनचौरस्थित एम्बास्डर होटलमा आज भएको संस्थापनइतर समूहको भेलाले नेता शेखर कोइरालाको प्रस्तावमा महामन्त्री थापा संसदीय दल नेता उठ्ने समझदारी बनेको हो। त्यस्तै महामन्त्री विश्वप्रकाश शर्माले पनि संसदीय दल नेताको उम्मेदवारका लागि गगन थापालाई समर्थन गर्ने घोषणा गरिसकेका छन्। महामन्त्री थापा सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्दै छन्।