माधव नेपाल अस्पताल भर्ना

Madhav_Nepal
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। मंगलबार उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो।

रुघाखोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएपछि उनलाई उपचारार्थ अस्पतालमा भर्ना गरिएको नेपालका निजी सचिव मोहन गौतमले जानकारी दिए।

नेपालको उपचारमा अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न छ। संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको गौतमले बताए।