स्थायित्व र रूपान्तरणको लागि गगन थापालाई अघि सार्‍यौं : डा. कोइराला

Shekhar_Koirala
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्थायित्व र रूपान्तरणको लागि महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन्। मंगलबार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावकका रुपमा काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उनले यस्तो बताएका हुन्।

उनले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनहरूलाई हेर्दै अघि बढ्ने बताए। उनले भने, ‘हामीहरूको बीचमा धेरै छलफल भयो। गगन थापाले भने जस्तै स्थायित्व र निरन्तरताको लागि हामीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि सारेका हौं। आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलिका दिनहरू हेर्दै जानुपर्छ। त्यो विषयमा गगनजीले बोलिसक्नुभएको छ।’

नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्। देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा पूर्णबहादुर खड्का छन्। महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थनमा महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्