सदनमा भौतिक दूरी कायम राखेर शपथ

Parliament samsad
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई भौतिक दूरी कायम गरी पद तथा गोपनीयताको शपथ गराइने भएको छ। नवनिर्वाचित सांसदलाई नयाँबानेश्वरस्थित संसद् भवनमा भौतिक दुरी कायम गरेर बिहीबार शपथ गराउने तयारी संसद् सचिवालयले गरेको छ।

कोरोना महामारीमा भौतिक दुरी कायम गरी संसद् बैठक सञ्चालन गरिएको थियो। अहिले कोरोना संक्रमणदर न्यून छ। तापनि सम्भावित संक्रमणबाट जोगिन सदनमा सांसदको शपथ तथा बैठक सञ्चालन गर्दा भौतिक दुरी कायम गरिने भएको हो।

शपथमा ठूला दल प्रत्येकलाई एउटा ‘रो’ उपलब्ध गराइनेछ। त्यस्तै साना दलको हकमा एउटा से विभाजन गरी कम्तीमा दुइटा दलका लागि उपलब्ध गराउने तयारी भएको संसद् सचिवालयले जनाएको छ। यो समाचार नागरिक दैनिकमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्