कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न, कति मत खस्यो ?

Sher-Bahadur-Deuba-and-Gagan-Thapa-pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ। सिंहदरबार स्थित कांग्रेस दलको कार्यालयमा भएको मतदानमा ८९ मत खसेको छ।

अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ। संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन्।

गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ रहेको छ। कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन्। दलको नेता चयन हुनका लागि बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्