गगन थापा समूहका सांसदले गगनलाई नै दिएनन् भोट

Gagan_Thapa
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन्। ६४ मत प्राप्त गर्दै उनी विजयी भएका हुन्। देउवासँग प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले भने जम्मा २५ मत मात्र प्राप्त गरेका छन्।

निर्वाचनमा कांग्रेसका नवनिर्वाचिन ८९ सांसदले मतदान गरेका थिए। जसमा देउवा अर्थात् संस्थापन समूहका ५९ तथा गगन -शेखर समूहका ३१ सांसद सहभागी थिए।

नतिजाअनुसार भने थापाले आफ्नै समूहका सांसदहरूको समेत मत नपाएको देखिएको छ। कांग्रेसमा पुस्तान्तरण हुने र नेतृत्व अब आफूले गर्ने भन्दै चुनावमा प्रतिस्पर्धा गरेका थापा समूहकै केही सांसदहरुले भने देउवालाई समर्थन गरेको देखिन्छ।

संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए। महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्