सांसदहरुको शपथ ग्रहणपछि मात्र संसदीय दलको नेता छान्ने जसपाको तयारी

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। जनता समाजवादी पार्टी नेपालले सांसदको शपथग्रहणपछि मात्र संसदीय दलको नेता चयन गर्ने जनाएको छ। लगभग सबै प्रमुख दलले संसदीय दलको नेता टुङ्ग्याइसके पनि जसपाले हालसम्म त्यसबारे छलफल पनि सुरु गरेको छैन।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार पार्टीभित्र संसदीय दलको नेतालगायत अन्य विषयको बारेमा पार्टीमा आन्तरिक गृहकार्य सुरु भएको छ। संघीय सांसदको शपथग्रहणपछि संसदीय दलको नेता चयन हुने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्