खेलाडीमाथि भएको ‘रंगभेदी र घृणापूर्ण व्यवहार’ को फ्रान्स फुटबलद्वारा निन्दा

kads-pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) ले खेलाडीमाथि सामाजिक सञ्जालमा भइरहेको ‘रंगभेदी र घृणापूर्ण व्यवहार’को निन्दा गरेको छ। यसप्रति जिम्मेवार व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

गएको आइतबार विश्वकपको फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो। त्यसअघि, अर्जेन्टिना र फ्रान्सले खेलको निर्धारित ९० मिनेट, इन्ज्युरी समय र अतिरिक्त समयमा ३–३ को बराबरी खेलेका थिए। सो हारपछि फ्रान्सका केही खेलाडीले सामाजिक सञ्जालमार्फत आफूहरूमाथि दुव्र्यवहार भएको बताएका थिए।

सोमबार जर्मन क्लब बायर्न म्युनिखले क्लबका खेलाडी किङ्स्ले कोमनमाथि भएको रंगभेदी दुव्र्यवहारको निन्दा गरेको थियो। कोमनले फाइनल खेलमा फ्रान्सबाट पेनाल्टी चुकाएका थिए। अहिले एफएफएफले पनि आफ्ना टिमका खेलाडीप्रति भएको दुव्र्यवहारविरुद्ध कारबाहीका लागि उजुरी दर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।

“विश्वकपको फाइनलपछि सामाजिक सञ्जालमा फ्रान्सका केही खेलाडीमाथि स्वीकार गर्न नसकिने रंगभेदी र घृणापूर्ण टिप्पणी फैलिरहेको छ। एफएफएफ त्यसको निन्दा गर्दै यसविरुद्ध जिम्मेवार रहेकाहरूप्रति उजुरी दर्ता गर्ने बताउन चाहन्छ,” एफएफएफले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्