नेपाली विश्वविद्यालयका कार्यक्रम देशबाहिर पनि फैलाउनुस् : शिक्षामन्त्री पौडेल

pic-33
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। काठमाडौं विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियान अन्तर्गत योगिक साईन्स, हेल्थ मेनेजमेन्ट, हस्पिटालिटि मेनेजमेन्ट लगायतका कार्यक्रमहरु भारतिय शहरहरुमा संचालन गर्ने सम्भाव्यताकालागि सहकार्य गर्नेगरि आन्द्र प्रदेशको तिरुपतीस्थित श्री विश्वेश्वरा योग रिसर्च ईन्ष्टिच्युटससंग लेटर अफ ईन्टेन्ड अर्थात आसय पत्रमा हस्ताक्षर गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा केयुका सहकुलपति श्री देवेन्द्र पौडेल र उपकुलपति डा. भोला थापाको समुपस्थितिमा तिरुपतिमा यो सहमति पत्रमा हस्ताक्षर भएको हो।

यसअघि सोमबार भारतको मद्रास स्थित आईआईटि र केयुले संयुक्त डिग्री दिने गरि शुरु गरेको स्नातकोत्तर स्तरको एमटेक ईन ईनर्जि सिष्टम कार्यक्रमका विधार्थिलाई ईन्टर्नसिप लगायतका सुविधा उपलब्ध गराउने बारेको डिफिनिटिभ समझदारि पत्र हस्तान्तरण समारोहमा पनि मन्त्री तथा सहकुलपति पौडेल उपस्थित हुनुहुन्थ्यो । आईआईटिसंगको सम्झौतामा केयुका कार्यकारि परिषदका सदस्य प्रा। बिवेक बराल र तर्फबाट प्रा रघुनाथन रंगस्वामिले गरेका थिए भने विश्वेश्वरा योग रिसर्च ईन्ष्टिच्युटससंगको समझदारि पत्रमा केयुको अन्तरास्ट्रिय सम्बन्ध महाशाखाका प्रमुख डा.उध्दब प्याकुरेल र विश्वेश्वरा योग रिसर्च ईन्ष्टिच्युटस कि सचिव डा. एन श्रीदेविको हस्ताक्षर छ। मन्त्री तथा सहकुलपती पौडेलले नेपालका उच्च शिक्षाका कार्यक्रमहरु भारत लगायतका शहरमा विस्तार गर्ने पहल गर्न निर्देश गरेअनुसार यी सहमति र सम्झौता भएका हुन्।

उक्त अवसरमा संक्षिप्त मन्तब्य दिनै मन्त्री पौडेलले यसरी कार्यक्रम विस्तार गर्दा आउनसक्ने चुनौतिहरुको सहजिकरणमा सरकारले सहयोग गर्ने बताए। गत आइतबारदेखि तमेलनाडु, आन्द्र प्रदेश तथा तेलङ्गानास्थित उच्च शिक्षामा कार्यरत शैक्षिक संस्थाहरुको एकहप्ते भ्रमणमा रहेको सहकुलपती नेतृत्वको केयु टिमले सोमबार नै चेन्नाई स्थित मद्रास डाईवेटिक रिसर्च सेन्टरसंग डाईवेटोलोटिमा सयुक्त विधावारिधी कार्यक्रम संचालनको संभावनाबारे छलफल गरेको थियो भने आईआईटी हैदरावादमा पनि यस्तै कार्यक्रमकालागि छलफल गर्ने योजना छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्