विद्युतीय गाडीको उत्पादनलाई दोब्बर गर्ने तयारीमा टाटा

electric_car
लोकपाटी न्यूज
11 Shares

काठमाडौं। भारतको सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता टाटा मोटर्सले वार्षिकरुपमा विद्युतीय गाडीको उत्पादनलाई दोब्बर गर्ने भएको छ।

कम्पनीले २०२३ मा आफ्नो इभी मोडलहरूको उत्पादन ५० हजारबाट बढाएर १ लाख युनिटभन्दा धेरै उत्पादन गर्ने लक्ष्य राखिएको जनाएको छ। कम्पनीले हाल उत्पादन गरिरहेको मासिक ५००० हजारको संख्यालाई १० हजारमा बढाउने भएको हो। टाटा मोटर्सले २०२३ मा वार्षिक ५० हजार युनिट भन्दा धेरै इभी बिक्री गर्ने तयारी गरेको छ।

नेक्सन र टिगोर इभीको टाटा मोटर्सले पहिले नै वार्षिक ५५ हजारदेखि ६० हजार युनिटको वार्षिक उत्पादन गर्दै आएको छ। अब टियागो इभी थप भएकाले कम्पनीले २०२४ सम्ममा वार्षिक रुपमा १ लाख युनिटभन्दा धेरै उत्पादन गर्ने लक्ष्य राखेको हो।

यस्तै कम्पनीले अर्को टाटा पन्चलाई पनि २०२३ मा इभीमा ल्याउने तयारी थालेको छ। यसले पनि कम्पनीले राखेको लक्ष्यलाई सहयोग पुग्ने अपेक्षा छ। साथै टाटा मोटर्सले यो आर्थिक वर्षमा आफ्नो विद्युतीय सवारीसाधन व्यवसायबाट १ अर्ब अमेरिकी डलर आम्दानी गर्ने तयारी गरेको छ। योसँगै कम्पनीको आम्दानीको हिस्सा इभीबाट मात्रै १५ प्रतिशतको हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्