उद्योग क्षेत्रका नीतिगत समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री बडू

Dilendra_Badu
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्। बुधवार नेपाल ट्रेड युनियन काँग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन्।

उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताए। उनले सरकारले मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोशिस गरिरहेको बताए। उनले मुलुक भित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताए।

उनले भने, ‘ट्रेड युनियन लामो समयदेखि उद्योग क्षेत्रमा काम गरिरहनुभएको छ। सरकारले कानुन बनाउँछ। समस्या अहिले मुलुकको अर्थतन्त्रलाई सुधार गर्नु हो। मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन प्रयास गर्ने हो। मुलुक भित्र नै रोजगारी र उत्पादन बढाउने हो। त्यसको लागि उद्योग भित्र राम्रो लोकतान्त्रिक सम्बन्ध राखेर सरकार जान तयार छ। उद्योग क्षेत्रका श्रमिकदेखि उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ। तपाईंले उद्योग र श्रमिकका समस्या तथा कानुनमा कहाँकहाँ समस्या रहेका छन् पहिचान गरिदिन आग्रह गर्दछु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्