पूर्वप्रम खनालद्वारा अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी

Jhalanath_Khanal
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेता खनालले चिकित्सकसँग अध्यक्ष नेपालको स्वास्थ्यबारे जानकारी लिएका हुन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल छातीमा सङ्क्रमण देखिनुका साथै रुघाखोकी लागेपछि मङ्गलबारदेखि अस्पताल भर्ना भएका छन्।

पार्टी कार्यालय सचिव एवं उपमहासचिव गङ्गालाल तुलाधरले पार्टीको तर्फबाट आज विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनका अनुसार अध्यक्ष नेपालमा ज्वरो सामान्य छ भने स्वास्थ्यमा क्रमिक सुधार आएको छ। छाती रोग विशेषज्ञ सन्तकुमार दासको नेतृत्वको टोली अध्यक्ष नेपालको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्