एकान्तकुनामा खुल्यो मंजीना हेयर एण्ड मेकअप स्टूडियो

manjina pic
लोकपाटी न्यूज
12 Shares

काठमाडौं। सौन्दर्यकर्मी मन्जु श्रेष्ठद्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर एण्ड मेकअप स्टूडियोको उद्घाटन एक भव्य कार्यक्रमकाबीच प्रमुख अतिथि वरिष्ठ सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको छ। उक्त अवसरमा सौन्दर्यकर्मीहरु, संचारकर्मी, सेवाग्राही तथा स्थानीय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।

युवा व्यवसायी सौन्दर्यकर्मी मन्जु श्रेष्ठद्वारा सञ्चालित मंजीना हेयर एण्ड मेकअप स्टूडियो उक्त क्षेत्रको अत्याधुनिक प्रविधिमार्फत् सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्यूटीपार्लर हो। बिगत ६ वर्षदेखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाई आफ्नै ठाउँमा केहि गरौं भन्ने उदेश्यका साथ संचालन गरिएको मंजीना हेयर एण्ड मेकअप स्टूडियोमा अनुभबी सौन्दर्यकर्मीमार्फत् ग्राहकहरुलाइ सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाई चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी मन्जु श्रेष्ठले बताइन्।

विशेषगरि हेयर र मेकअपमा पर्फेक्ट र अनुभबी मन्जु सेवाग्राहीको रोजाइमा पार्छिन्। आफ्नो व्यवसायिक सफलताको श्रेय आफ्नो परिवार र आफ्नी गुरुआमा सोनी काररंजितलाइ दिने उनले उनीहरुको नै हौसला तथा प्रेरणाले गर्दा आफूले व्यवसाय सुरु गरेर आत्मानिर्भर बनेको बताइन्।

रोज ब्यूटी एकेडेमीकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद् सोनी काररंजितले पार्लरको रिबन र केक काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि ब्यक्त गर्दै मंजीना हेयर एण्ड मेकअप स्टूडियोले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन भने व्यवसायिक सफलताको शुभकामना समेत व्यक्त गरिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्