सरकार गठनको लागि छलफल अब प्रारम्भ हुन्छ : माधव नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार गठनका विषयमा नेताहरुबीच कुनै छलफल नभएको बताएका छन्। संघीय संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

अध्यक्ष नेपालले दलहरू नेता चयनका लागि व्यस्त रहेको र आफू पनि बिरामी रहेकाले गठबन्धनमा सरकार गठनका विषयमा कुनै छलफल नै नभएको बताए। उनले छिटै गठबन्धनको बैठक बसेर सरकार गठनका विषयमा छलफल हुने जानकारी दिए। त्यस्तै राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा सोधिएको प्रश्नमा उनले आफूले कल्पनाका आधारमा जवाफ नदिने बताए।

पद बाँडफाँटका विषयमा तीन नेताहरुबीच छलफल चलाउनुपर्ने उनको भनाइ छ। उनले नेपाली राजनीतिले गरेको आफ्नो भूमिकाको अपेक्षाअनुसार आफू अघि बढ्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्