केएफसीको पन्ध्रौं शाखा काठमाडौंमा

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौं शाखा बिस्तार गरेको छ। सुनधारास्थित काठमाडौं काठमाडौ महलमा केएफसीले शाखा बिस्तार गरेको हो। केएफसीको नेपालमा आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन रहेको छ।

केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ। यस आउटलेटमा केएफसीका विभिन्न चिकेनको परिकार हट एण्ड क्रिस्पी चिकन, चिकन पपकर्न, चिकन स्ट्रिप्सलगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ।

नयाँ शाखा सञ्चानल आएसँगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ वर्षको उपलक्षमा केएफसी उत्सव भोजन अफरसमेत ल्याएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्