ओली निवास बालकोटमा उपेन्द्र यादव

Upendra Yadav
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार भेट गरेका छन्। दुई नेताबीच बालकोटस्थित ओली निवासमा भेट भएको हो।

दुई नेताबीच सत्ता समीकरणबारे छलफल भएको बुझिएको छ। बिहीबार सांसदहरूको शपथग्रहण सकिएपछि सत्ता समीकरणको छलफल तीव्र भएको छ। यादवले आज बिहान मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकार गठनका लागि दाबी गर्न दलहरूलाई सात दिनको समय दिएकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्