भारतमा फेरि मास्क अनिवार्य

mask pic
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ। दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएकोमा चीन लगायतका देशहरूमा कोरोना संक्रमण उच्च भएपछि पुनः मास्क लगाउने नियम लगाइएको हो।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बिहिबार बसेको उच्च स्तरीय आकस्मिक बैठकले सार्वजनिक स्थानमा मास्क नलगाए जरिवाना समेत गर्ने निर्णय गरेको हो।

केन्द्र सरकार र राज्य सरकारहरुले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत आह्वान गरेका छन्। भारत सरकारले गत बुधबारदेखि देशभरका विमानस्थलमा विदेशबाट आउने यात्रुहरूको कोरोना परीक्षण गर्न सुरू गरिसकेको छ। पछिल्लो समय चीन, जापान, दक्षिण कोरिया, अमेरिका र फ्रान्स लगायतका देशमा कोरोन संक्रमण तीव्र रूपमा बढिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्