
अर्घाखाँची। नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन भएको छ। ५४ वर्षीए भुसालको काठमाडौंको न्युरो अस्पतालमा उपचारको क्रममा बिहीबार निधन भएको हो।
नेकपा मसालबाट कम्युनिष्ट पार्टीको राजनीतिमा सक्रिय भुसाल पछिल्लो पटक नेकपा विभाजन भएपछि माधव नेपालको नेकपा एसतिर लागेकी थिइन्। भुसालको दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ। सन्धिखर्क नगरपालिका–२ कुरमा जन्मिएकी भुसाल अविवाहित हुन्।