सुरु भयो काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण

Kathmandu_Upatyaka
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका तीन वटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ।

सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ। काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी इन्जिनियर सौरव ढकालले जानकारी दिए।

एकीकृत गुरुयोजना निर्माणपछि काठमाडौं उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा सहर बनाउन सहयोग पुग्ने उनले बताए। गुरुयोजनाअनुसार काम गर्न काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकालाई सहज हुनेछ। यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि यहाँका स्थानीय तहको हुने प्राधिकरणले जनाएको छ।

एकीकृत योजनाअनुरुप काम भए/नभएको अनुगमन र नियमन भने प्राधिकरणले नै गर्ने छ। एकीकृत योजना बनाउन नौ करोड बजेट विनियोजन गरिएको छ। एक महिनाअघिदेखि सुरु भएको एकीकृत गुरुयोजना निर्माण १५ महिना अर्थात् २०८० फागुनसम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्