विकासमा सबैको हातेमालो आवश्यक

लोकपाटी न्यूज
6 Shares

पोखरा। कास्की-३ बाट प्रतिनिधिसभा सदस्य दामोदर पौडेल ‘बैरागी’ले राष्ट्रिय विकासका लागि सबैको हातेमालो आवश्यक बताएका छन्। जिल्ला समन्वय समिति कास्कीले कास्कीबाट प्रतिनिधिसभा तथा गण्डकी प्रदेशसभामा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले विकास समसहभागिताबाट मात्रै सम्भव हुने बताए।

प्रदेशसभा सदस्य प्रकाश बरालले निरन्तर विकास नै जनअपेक्षा भएको हुँदा आफूहरू नीति निर्माणसँगै विकासमा लागि पर्ने बताए। त्यस्तै प्रदेशसभा सदस्य सरस्वती गुरुङले उल्लेख विकास अबको पालो हुने र त्यसैमा केन्द्रित हुने बताइन। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले विकासका निम्ति प्रभावकारी समन्वयका लागि परिचयात्मक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको बताए।

पौडेलले प्रदेशमा केही कानुन नहुँदा अनुगमन र समन्वय प्रभावित भएको भन्दै नवनिर्वाचित सांसदहरूलाई ध्यानाकर्षण गराउँदै सो का लागि यथाशक्य पहल गरिदिन आग्रह गरे। उनले स्थानीय, प्रदेश र केन्द्रीय सरकारका विकासका काममा अनुगमन र समन्वयका लागि जिल्ला समन्वय समिति हरहमेसा तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्