किन किन्ने भिभो वाई-३५ स्मार्टफोन ?

लोकपाटी न्यूज
8 Shares

काठमाडौं। आजको पुस्ताहरू यस्तो स्मार्टफोनको खोजीमा छन्, जसले उनीहरूको सबै आवश्यकताहरू पूरा गर्दछ। विकसित आवश्यकताहरू बुझ्दै, भिभो, एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्डले केही समय अघि नेपालमा भिभो वाई-३५ सार्वजनिक गरेको थियो, जुन वाई सिरिजको पोर्टफोलियोमा सबैभन्दा नयाँ मोडेल हो। भिभो वाई सिरिज प्रिमियम विशेषताहरू र शक्तिशाली कार्यसम्पादनका लागि प्रसिद्ध छन्। वाई-३५ लाई यसको सुलभ मूल्य तथा आकर्षक विशेषताका कारण प्रयोगकर्ताहरूले निकै रुचाएका छन्। वाई-३५ लाई स्मार्टफोन बजारमा सबैभन्दा उत्कृष्ट उत्पादनहरू मध्ये एक बनाउने शिर्ष कारणहरू यस प्रकार छन् :

शक्तिशाली प्रदर्शन

भिभो वाई- ३५ नवीनतम अक्टा-कोर स्न्यापड्रेगन ६८० द्वारा सञ्चालित छ, जुन २.४ गिगाहर्ज घडीको गतिमा चल्छ। यसले ठूला एप्लिकेसनहरू निर्वाधरुपमा कार्य गर्न मद्दत गर्दछ। यो ८ जीवी + ८ जीवी विस्तारित र्‍यामको साथमा आउँछ, जसले प्रयोगकर्ताहरूलाई आफ्नो मन पर्ने एपहरू सजिलैसँग चलाउन, डाउनलोड गर्न र एकबाट अर्कोमा स्विच गर्न अनुमति दिन्छ। यसमा १२८ जीवी रोम रहेको छ, जसलाई १ टिबीसम्म विस्तार गर्न सकिन्छ।

शक्तिशाली ब्याट्री

भिभो वाई-३५ मा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ, जसले ब्याट्री नटिक्ने साझा चिन्तालाई कम गर्दछ। यसको एआई पावर-सेभिङ टेक्नोलोजीका कारण एक पटक पूर्ण चार्ज गरेपछि २ दिनसम्म, अनलाइन एचडी भिडियो स्ट्रिमिङ गर्दा १४.३ घण्टा र ग्राफिक्स-इन्टेन्सिभ खेलहरूका लागि ७.०५ घण्टासम्म समर्थन गर्न सक्छ। रिभर्स चार्जिङ सुविधाले घरबाहिर हुँदा अन्य उपकरणहरू पनि चार्ज गर्न सकिन्छ। फोनमा ४४ वाट फ्ल्यासचार्ज रहेको छ, जसले प्रयोगकर्ताहरूलाई द्रुत रूपमा रिचार्ज गर्न अनुमति दिन्छ। त्यसो भए अब ब्याट्रीको चिन्तालाई सूचीबाट हटाउने होइन त ?

उत्कृष्ट क्यामेरा विशेषताहरू

वाई-३५ मा शानदार ५० एमपी ट्रिपल रियर क्यामेरा छ, जसले स्पष्ट र सुन्दर तस्बिरहरू लिन मद्दत गर्दछ। यसमा धेरै नवीनतम र फ्ल्यागशिप क्यामेरा विशेषताहरू छन्, जसले प्रयोगकर्ताहरूको लागि समग्र इमेजिङ र भिडियोग्राफी अनुभवलाई सुधार गर्दछ। वाई-३५ को भिडियो फेस ब्यूटी बोकेह क्यामेरा, मल्टी-स्टाईल पोर्ट्रेट सुविधाहरूले प्रत्येक फ्रेमलाई बढाउँछ। दुवै अगाडि र पछाडिको क्यामेरामा सुपर नाइट मोडले कम प्रकाशमा पनि सुन्दर रात्रि दृश्यहरू खिच्न बहु-फ्रेम डिनोइजिङ प्रयोग गर्दछ।

आकर्षक डिजाइन

वाई-३५ मा प्रभावशाली प्रदर्शन र उत्कृष्ट क्यामेरा बाहेक यसको लुक पनि उत्तिकै आकर्षक छ। यसमा फ्ल्याट फ्रेम र २.५ डी कर्भेचर छ। यसमा फ्रोस्टेड एन्टि-ग्लेयर (एजी) सतह रहेको छ जसले फोनलाई स्क्याच र फिंगरप्रिन्ट-प्रतिरोधी बनाउँछ र सुरुचिपूर्ण अनुभव प्रदान गर्दछ। साइड फिंगरप्रिन्ट डिजाइनले पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर स्मार्टफोनहरूलाई अझ मनमोहक बनाएको छ। यसमा फेस वेक सुविधा पनि छ। यो उपकरण एगेट ब्ल्याक र डन गोल्ड कलर भेरियन्टमा आउँछ जसले तपाईंको दैनिक जीवनलाई थप स्पार्क दिन्छ। यसको मुल्य नेपालमा ३० हजार ९९९ मात्र रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्