काठमाडौं। आज (शनिबार) बिहान लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै, बाँकी भू-भागमा आंशिक बदली रहेको छ। साथै तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, देशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। त्यस्तै,प्रदेश-१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।