सरकार गठनबारे वार्ता हुँदै देउवा र प्रचण्डबीच

prachanda-deuwa pic
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच’ सरकार गठनबारे आज छलफल हुने भएको छ। शुक्रबार भएको छलफल निष्कर्षविहीन बनपछि आज पुनः छलफल हुन लागेको हो।

स्रोतका अनुसार दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा सहमति हुन सकेको थिएन। प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन्। तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन्। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलि सकिँदै छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्