त्रिपुरेश्वरमा भ्यानको ठक्करबाट सुनारको मृत्यु

accident_
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरमा भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बागमती प्रदेश ०१-०२७ च ८९८२ नम्बरको प्राइभेट भ्यानले गएराति बा ३२ प २४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१० बस्ने ४६ वर्षीय सुरजध्वज सुनार रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ। भ्यानसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्