भरतपुर महानगरद्वारा ७२ जना छोरीको बीमा

bharatpur-renu
लोकपाटी न्यूज
6 Shares

चितवन। भरतपुर महानगरपालिकाले महानगरभित्र स्थायी बसोबास गरेका ७२ जना छोरीको जीवन बीमा गरेको छ। भरतपुर महानगरपालिकाभित्र स्थायी वसोबास गर्ने र स्वास्थ्य संस्थामा जन्म भएका बच्चाको बीमा गरिएको हो।

महानगर र राष्ट्रिय बीमा संस्थानको सहकार्यमा उनीहरुको बीमा गरिएको महिला विकास अधिकृत शान्ता पौडेलले जानकारी दिइन्। बाल उमंग बीमालेख हस्तान्तरण कार्यक्रमको आयोजना गरी छोरीका अभिभावकलाई बिमित प्रमाणपत्र हस्तान्तरण गरिएको हो।

महानगरमा परेका १ सय ५३ वटा निवेदनमध्ये प्रक्रिया पूरा गरेका उनीहरुलाई पहिलो चरणमा बीमा गरिएको हो। अन्यको प्रक्रिया पूरा गरी बीमा गरिने बताईएको छ।

बीमा संस्थानले कात्तिक २ गते बीमा नीति जारी गरेको भएपनि निर्वाचन आचार संहिताका कारण वितरण गर्न बाँकी रहेको थियो। बाल उमंग जीवन बीमा कार्यक्रम अन्तर्गत महानगरपालिकाले १५ वर्षका लागि छोरीको प्रिमियर बुझाउने छ। महानगरले प्रिमियम रकम ५० हजार बुझाउने छ भने १५ वर्षपछि छोरीहरुले एक लाख रुपैया पाउने छन्।

बीमित प्रमाणपत्र महानगर प्रमुख रेनु दाहालले छोरीको भ्रुण हत्या गर्ने र जन्मदर्ता नगर्ने परिपाटिको अन्त्यका लागि महानगरले कार्यक्रम लागू गरेको बताइन्। छोरीले पनि अवसर पाए काम गरेर देखाउन सक्ने भन्दै उनले बीमाले छोरीको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्