सत्ता गठबन्धनको बैठक ४ बजे

लोकपाटी न्यूज
7 Shares

काठमाडौं। दलहरूबीच ‘पावर सेयरिङ’ विषय टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बस्ने तयारी भइरहेको काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

महतका अनुसार बैठकमा पहिलो तहका नेता र सहयोगीका रुपमा केही दोस्रो तहका नेताहरूबीच छलफल हुनेछ। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समय सीमा आइतबार साँझ ५ बजे सकिँदैछ। तर, दलहरूबीच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति जुट्न सकेको छैन।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका महत्त्वपूर्ण पदहरूको गठबन्धन दलहरूबीच भागवण्डा मिल्न नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन। यसअघि बसेका सत्ता गठबन्धन दलको बैठक विना निष्कर्ष टुङ्गिँदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्