बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक केही बेरअघि सुरु भएको हो।

बैठकमा गठबन्धनका शीर्ष नेताहरू सहभागी रहेका छन्। बैठकमा मुख्यतः प्रधानमन्त्रीमा कसलाई अगाडि सार्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले दाबी गरिरहेका छन्।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समय सीमा आइतबार साँझ ५ बजे सकिँदैछ। सो अगाबै ‘पावर सेयरिङ’को विषय टुंग्याउन गठबन्धनको बैठक बसेको हो। गठबन्धनका दुई प्रमुख दल काँग्रेस र माओवादी केन्द्रमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्