देउवा-प्रचण्डको छलफलमा थपिए माधव नेपाल

deuwa-prachanda-madhav
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको जारी छलफलमा नेकपा एसका अध्यक्ष माधव नेपाल पनि मिसिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार दुई नेताबीच भइरहेको ‘वान टु वान’ वार्ताको क्रममा अध्यक्ष नेपाल प्रवेश गरेका हुन्। तीन नेताबीच छलफलका आधारमा सहमति जुटाउन प्रयास हुने बताइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार साँझ ५ बजे सकिँदैछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्