गठबन्धनको निर्णायक बैठक बालुवाटारमा जारी

losapa-gathbandhan_pic
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी बैठकले अन्तिम निष्कर्ष निकाल्ने नेताहरूले बताएका छन्।

गठबन्धनको बैठकअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै छलफल भएको थियो। त्यसअघि देउवा र प्रचण्डले पार्टीका अन्य नेताहरूसँग पनि कुराकानी गरेका थिए।

गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता सहमत भए पनि पद बाँडफाँटमा भने सहमति हुन सकेको छैन।

कांग्रेसले प्रमुख दलका हैसियतले पहिलो कार्यकाल आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राख्दै आएको छ। माओवादीले पहिलो कार्यकाल आफूले प्रधानमन्त्री नपाए गठबन्धनबाट बाहिरिने चेतावनी पनि दिइरहेको छ। बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ७ दिनको समयसीमा आज साँझ ५ बजे सकिने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्