काठमाडौं। जसपाका नेता अशोक राई नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटबाट बाहिरिएका छन्। उनी पार्टीमा छलफल गर्ने भन्दै बालकोटबाट बाहिरिएका हुन्।
राईले नयाँ गठबन्धन बन्ने सम्भावना भएको बताएको प्रतिक्रिया दिएका छन्। उनले भने,’नयाँ गठबन्धन बन्ने सम्भावना देखियो। अहिले सरकार बनिने दुई वटा विकल्प देखियो, एउटा एमाले र काँग्रेस मिलेर सरकार बनाउने अथवा एमाले र माओवादीसहितका दलहरुबीच मिलेर सरकार बनाउने। प्रधानमन्त्री को बनिनुहुन्छ उहाँहरूले नै निर्णय गर्नुहुन्छ।’
बालकोटमा अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित एमाले अध्यक्ष ओली छलफलमा व्यस्त छन्।