आन्तरिक छलफलमा जुट्यो एकीकृत समाजवादी

ekikrit_samajbadi_sachibalaya
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता आन्तरिक छलफलमा छन्। सरकार गठनका सन्दर्भमा सहमति हुन नसकेपछि सत्ता गठबन्धन टुट्ने देखिएपछि नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा एसको छलफल चलिरहेको छ। अहिले एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूको बैठक बसिरहेको छ। सरकार गठनको लागि नयाँ समीकरण बनाउने कसरत भइरहेको छ। यस्तो अवस्थामा आफ्नो आगामी रणनीति तय गर्ने नेकपा एसका नेताहरू छलफलमा बसेका छन्।

यथास्थितिमा एमालेसँग कुनै पनि नामको साझेदारी स्वीकार्य नहुने एकीकृत समाजवादीको मत छ। बैठकमा अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, नेताहरू विजय पौडेल, कृष्णबहादुर श्रेष्ठ (किसान) लगायत सहभागी छन्। एकीकृत समाजवादीसँग १० सिट छ।

काँग्रेस नेतृत्वको सत्ता गठबन्धनको सरकार निर्माण भएको खण्डमा सरकार जाने तयारीमा रहेको एकीकृत समाजवादी गठबन्धन टुट्ने देखिएसँगै आन्तरिक छलफलमा जुटेको हो।