बालकोटबाट नयाँ यात्राको सुरुवात : प्रचण्ड सचिवालय

balkot_4dal
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बालकोटबाट ‘नयाँ यात्राको सुरुवात’ भएको भनेको छ।

सत्ता गठबन्धनमा समझदारी नभएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठनको लागि नयाँ समीकरण बनाउने कसरत भइरहेको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच छलफल जारी छ। छलफलमा सहभागी जसपाका नेता अशोक राई पार्टीमा छलफल गर्ने भन्दै केही समय अघि बाहिरिएका छन्।

सोही बैठकका तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बालकोटबाट ‘नयाँ यात्राको सुरुवात’ भएको उल्लेख गरेका छन्। उनले बैठक सकारात्मक रुपमा अघि बढेको संकेत गरेका छन्। नयाँ सरकारका लागि दाबी पेस गर्न आज साँझसम्मको समय रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्