काँग्रेसले नसकेपछि एमाले अघि सर्‍यो : शंकर पोखरेल

Shankar_Pokhrel
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद्को सबैभन्दा ठूलो दलले सरकार बनाउन नसकेपछि एमालेले अग्रसरता लिएको बताएका छन्। बालकोटमा आज विभिन्न ७ दलका शीर्ष नेताहरूको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा आगामी सरकार बनाउने सहमति गरेको छ।

बालकोट बैठकबाट बाहिरिने क्रममा एमाले नेता शंकर पोखरेल भने, ‘हामीले नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छौं।’ प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ। ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ। १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्न आफूहरू शीतल निवासमा गइरहेको महासचिव पोखरेलले बताए।

‘राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय समाप्त हुने दिन। सम्पन्न निर्वाचनले नेपाली काँग्रेसलाई पहिलो दलका रुपमा निर्वाचित गरे पनि उसले दुई कार्यकालका लागि सरकार गठन गर्न प्रक्रिया गर्न नसकेपछि दोस्रो ठूलो दलका हैसियते त्यो जिम्मेवारी एमालेले लिनुपर्ने अवस्था आइलाग्यो,’ उनले भने, ‘हामीले दुई अन्तर्गतको सरकार गठन गर्न छलफल गर्‍यौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा दुईभन्दा बढी दलको समर्थन रहेको सरकार गठन गर्ने सहमति भएको छ।’

प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्