प्रचण्ड र ओली शीतल निवासमा

oli_prachanda
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। प्रधानमन्त्रीमा दाबी पेस गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेका छन्। बालकोटमा बसेको बैठकले ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनाउने निर्णय गरेसँगै उनीहरू राष्ट्रपति कार्यालय पुगेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको एक हप्ताको समय आजै साँझ ५ बजे सकिँदै छ। ओली निवास बालकोटमा एमाले-माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाबीच भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो।

आइतबार बिहान बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा नेपाली काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीमा आफ्नो अडान नछाडेपछि प्रचण्ड बालकोट पुगेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्